नेपालगञ्जमा चिकित्सकसहित २८ जना कोरोना संक्रमित थपिए



  • नेपालगन्ज २२, साउन ।  नेपालगञ्जमा चिकित्सकसहित २८ जना कोरोना संक्रमित थपिएका छन्। समुदायमा कोरोना फैलिएकाले गएको शनिबारदेखि निषेधाज्ञा जारी रहेको बाँकेमा बिहीबार २८ जना संक्रमित थपिएका छन्। थपिएका बिरामी सबैजसो नेपालगञ्ज उपमहानगरपालिकाकै छन्। मेडिकल कलेजमा काम गर्ने चिकित्सकदेखि कर्मचारी, सर्वसाधारणलाई कोरोना भएको छ। कोरोना देखिएका प्रायः संक्रमितको सम्पर्कमा आएका व्यक्ति छन्। भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका बिहीबार १४ जना संक्रमित देखिएका छन्। बर्दियामा पनि आइतबारदेखि ५ दिन निषेधाज्ञा जारी गर्ने जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ।नेपालगञ्जमा एकैपटक धेरै कोरोना संक्रमित देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपी ओमबहादुर राना निषेधाज्ञालाई कडाई गर्न सडकमा निस्केका छन्। निषेधाज्ञाको उल्लंघन गरी पसल सञ्चालन गरेका २५ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *