कपिलवस्तुमा १० दिनका लागि निधेषाज्ञा


  • कपिलवस्तुमा १० दिनका लागि निधेषाज्ञा
  • कपिलबस्तु २३, साउन । कपिलवस्तु प्रशासनले शक्रबारदेखि लागु हुनेगरी १० दिनका लागि निधेषाज्ञा जारी गरेको छ। कोरोना संक्रमण समुदायस्तरमै फैलिएर दिनहुँ संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले १० दिनका लागि निषेधाज्ञा जारी गरेको हो। प्रशासनले बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुसहित संक्रमित बढ्न थालेपछि शुक्रबार बिहान ५ बजेदेखि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो । निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म लागू रहने छ।अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्था र सार्वजनिक यातायातका सवारी साधन पुर्णरुपमा बन्द गरिएको छ। निजी सवारीका हकमा भने मोटरसाइकल र स्कुटर जोरबिजोर प्रणालीका आधारमा सञ्‍चालन गर्न दिइएको छ। जिल्लामा अहिलेसम्म ८ सय ४० जना संक्रमित भेटिएका छन्। जसमध्ये ७ सय ५५ जना निको भई घर फर्किसकेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *