उपत्यका: संक्रमित दर बढ्न थाले अस्पतालमा बेड अभाव हुनसक्छ


  • उपत्यका: संक्रमित दर बढ्न थाले अस्पतालमा बेड अभाव हुनसक्छ
  • काठमाडौं  २२, साउन । सरकारले उपत्यकामा कोभिड-१९ को संक्रमितलाई उपचार गर्न बनाइएका अस्पतालको बेड दिनदिनै भरिन थालेका छन्। दिनप्रतिदिन काठमाडौं उपत्यकामा कोभिडका संक्रमित थपिँदै गएपछि अस्पतालमा अहिले बेड पाउन मुस्किल हुने अवस्था आउन सक्ने देखिएको छ। थपिएका नयाँ संक्रमित र उपचाररत संक्रमित बाहिरी जिल्ला र थोरै मात्र उपत्यकाका छन्। काठमाडौं उपत्यकामा संक्रमित थपिन थालेपछि सरकारले परीक्षण दायरा बढाएसँगै संक्रमित थपिएका हुन्। अस्पतालमा लक्षणसहित संक्रमितलाई उपचार गर्दा अस्पतालमा बेडको अभाव हुँने संभावना बढ्दै गएको छ। अस्पतालको बेड भरिएपछि कोरोना पोजिटिभ देखिएको तर, लक्षण नदेखिएका बिरामीलाई कोभिड अस्पताल बाहेकका अस्पतालमा लगी उपचार गर्न थालिएको छ। उपत्यकामा मुख्यतः सरकारले कोभिड अस्पतालको उपचार केन्द्रको रुपमा शुक्रराज ट्रपिकल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बलम्बुको सशस्त्र अस्पताललाई लिएको छ। कोभिड उपचार केन्द्रको रुपमा तीनै अस्पतालमा संक्रमितको संख्याले बेड भरिएको छ। मुख्य अस्पतालले लक्षण भएका संक्रमितलाई मात्र उपचार गरिरहेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *