कोरोना संक्रमण: बर्दियामा आइतबारदेखि निषेधाज्ञा


  • कोरोना संक्रमण: बर्दियामा आइतबारदेखि निषेधाज्ञा
  • बर्दिया २३, साउन ।  बर्दियामा आउँदो आइतबार साउन २५ गतेदेखि निषेधाज्ञा गरिने भएको छ। कोरोना संक्रमण समुदायस्तरमा केही व्यक्तिमा देखिएको छ। थप संक्रमण फैलिँदै जान सक्ने खतरा बढ्ने भन्दै सतर्कता अपनाउँदै नियन्त्रण गर्न आइतबारदेखि ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको हो। कोरोना संकट व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते बिहीबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। जिल्ला समन्वय समिति संयोजक ८ वटै पालिका प्रमुख, स्वास्थ्य प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको उपस्थितिमा भएको छलफलबाट आइतबारदेखि बर्दियामा ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए। अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्क अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई उनले आग्रह गरेका छन्। पिसिआर मेसिन तत्काल जडान गरिने यस्तै बर्दियामा ८ वटै पालिकाको सहयोगमार्फत पिसिआर परीक्षण उपकरण जडान गर्ने यसअघिको निर्णयलाई तत्काल कार्यान्वयनमा ल्याउन र छिटोभन्दा छिटो पिसिआर जडान जडान गरि पिसिआरको दायरा बढाउने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए। सबैभन्दा बढी आउजाउ गरिने छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमित समुदायस्तरमा बढ्न थालेपछि नियन्त्रणका लागि बाँकेमा पनि निषेधाज्ञा गरिएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *