बागमती र विष्णुमती किनारका सुकुम्बासी हटाउने सरकारको योजना

बागमती र विष्णुमती किनारका सुकुम्बासी हटाउने सरकारको योजना

काठमाडौं । सरकारले बागमती र विष्णुमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

काठमाडौं महानगरपालिकाले खाली गर्न दबाब दिँदै आएको अवस्थामा संघीय सरकारले बजेटमै त्यसलाई समेटेको हो ।

त्यस्तै सरकारले १० वटा पुरातात्विक महलहरुको पुनर्निर्माण सम्पन्न गर्ने भएको छ। ती पूर्वाधार सरकारी भवन मापदण्डको आधारमा बन्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *