सुरक्षा पन्त ‘कार्साङ’मा अनुबन्धित


  • सुरक्षा पन्त ‘कार्साङ’मा अनुबन्धित

    काठमाण्डौं : नायिका सुरक्षा पन्तले नयाँ चलचित्र ‘कार्साङ’ साइन गरेकी छिन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘कार्साङ’ लाई यम शेर्पाले निर्देशन गर्दैछन ।

    चलचित्रमा दयाहाङ राई र नव–नायिका छिरिङ शेर्पा फाइनल भइसकेका छन् भने वुद्दि तामाङको पनि मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ । शेर्पा जातिको सामाजिक कथामा निर्माणको तयारीमा रहेको चलचित्रमा नायिका सुरक्षा पन्त फाइनल भएसँगै मुख्य कलाकारको लाइनअप पुरा हुन लागेको निर्देशकले जानकारी दिए । चलचित्रमा शेर्पाकै कथा, पटकथा तथा संवाद छ ।



  • बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा छायांकन गरिने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । तिहार लगत्तै छायांकनमा लैजाने तयारी गरिएको यस चलचित्रको ओभरसिज राइट्स विक्री भइसकेको निर्माण पक्षले जानकारी गराएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *