बाँकेमा कोरोनाको कहर, आइसोलेसन भरिभराउ


  • बाँकेमा कोरोनाको कहर, आइसोलेसन भरिभराउ

    नेपालगन्ज २७, साउन । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसन सेन्टर कोरोना संक्रमितका विरामीले भरिभराउ भएको छ । संक्रमित विरामीलाई राख्ने ठाउँको अभाव भएपछि पाँचजना विरामीलाई दाङको कोरोना विशेष अस्पताल बेलझुण्डी पठाइएको छ । खजुरा आइसोलेसनमा लक्षण देखिएका विरामीहरु राख्ने गरिएको छ । ३० वेड क्षमताको यो अस्पताल विरामीले भरिभराउ छ । प्रदेश सरकारको निर्णय अनुसार भेरी अस्पताल मातहत रहने गरी यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि व्यवस्थापनमा ठूलो चुनौति थपिदै गएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले लक्षण देखिएका विरामी थपिदै गएपछि उनीहरुलाई राख्ने आइसोलेसनको अभाव हुन थालेको बताउनुभयो । सुविधासम्पन्न खजुराको आइसोलेसनपनि भरिभराउ भएपछि पाँच जनालाई दाङ पठाइएको उहाँको भनाइ छ । कोरोनाका कारण बाँकेका ठूला अस्पताल भेरी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज, मेडिकल कलेज कोहलपुर अस्तव्यस्त भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो । गएको १५ दिनमा बाँकेमा दुई सय ५० कोरोना संक्रमित थपिएका छन् । बाँकेमा अहिलेसम्म संक्रमितको कुल संख्या ६ सय ३२ पुगेको छ । तीमध्ये चारसय पाँच जना उपचार भएर फर्किसकेका भने तीनजनाको मृत्यु भइसकेको छ । यस्तै कैदीबन्दीले खचाखच भरिएको नेपालगन्ज कारागारका सबै महिला कैदीलाई आजै मंगलवार बर्दिया र दैलेख सारिन लागिएको छ । नेपालगन्ज कारागारमा ४७ जना महिला कैदी छन् । सात सय बढी कैदी रहेको यो कारागारमा पनि कोरोना भाइरस संक्रमण देखिसकेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *