पर्सामा ९ प्रहरीसहित ५५ जनामा कोरोना पुष्टि


  • पर्सामा ९ प्रहरीसहित ५५ जनामा कोरोना पुष्टि

    काठमाडौँ ।. केहीदिनयता नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या वढ्दो क्रममा छ । सुरुवातका दिनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाइ कोरोनाको संक्रमण नदेखिएपनी पछिल्लो समय भने देशका बिभिन्न प्रहरी युनिटहरुमा कार्यरत कर्मचारीहरुमा संक्रमण देखिएको छ । पर्सामा थप ९ प्रहरीसहित ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको स्वाब परीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमण देखिएकामा १७ जना महिला छन् भने ३८ जना पुरूष छन् । त्यसमध्ये वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक गरी ९ जना प्रहरी पनि संक्रमित भएका छन् । नारायणी अस्पतालका थप ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ५५ जनामध्ये ३ जना बारा स्थायी घर भएका छन् भने ५२ जना पर्साका हुन् । १० जना वीरगन्ज महानगरपालिका–४ विर्ताका, ५ जना वीरगञ्ज –१ छपकैयाका तथा ३ जना माइस्थानका रहेको अस्पतालले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *