धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै सर्लाही र बाँकेका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो


  • धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै सर्लाही र बाँकेका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

    काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले सर्लाही र बाँकेका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । पछिल्लो समय धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै बाँकेका एसपी सन्तोषसिंह राठोर र सर्लाहीका एसपी नरेशराज सुवेदीलाई जिम्मेवारीबाट हटाइएको हो ।

    एसपी राठोरको ठाउँमा सुवासचन्द्र बोहरा र एसपी सुवेदीको ठाउँमा प्रवीण धिताललाई पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।



  • त्यस्तै बाँकेका सीडीओ विपीन आचार्य पनी गृहमा तानिएका छन् । उनलाई पनी धार्मिक सद्भाव कायम राख्न नसकेको र कमजोर कार्य क्षमताका कारण सरुवा गरेको बताइएको छ । उनको ठाउँमा इलामका सीडीओ श्रवणकुमार पोखरेललाई पठाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *