नक्कली शरणार्थी प्रकरण: खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी


  • नक्कली शरणार्थी प्रकरण: खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएका छन् । शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैङ्कमार्फत बैङ्क जिल्ला अदालत काठमाडौँमा बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।

    बैङ्क ग्यारेन्टीबारे कारागारमा जानकारी गराएर पत्र लेखेपछि सम्पत्ति शुद्धीकरणमा उपस्थिति गराइने छ । खाँणलाई बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै छुट्‍न लागेका हुन्। 



  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

    अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो। 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *