कोशी अस्पतालमा अर्का कोरोना संक्रमितको पनि मृत्यु


  • कोशी अस्पतालमा अर्का कोरोना संक्रमितको पनि मृत्यु
  • विराटनगर ३०, साउन । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गम्भिर अवस्थामा अस्पतालमा भर्ना भएका सिराह विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । उनको गएराती मृत्यु भएको हो । बिहीबार कोशी अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको डाक्टर दासले बताउनुभयो । योसँगै मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । ९ मध्ये ६ जनाको कोशी अस्पतालमै मृत्यु भएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *