हेलिकप्टर चार्टर गरेर काठमाडौँ पुगेका मेयरमा कोरोना संक्रमण पुष्टि


  • हेलिकप्टर चार्टर गरेर काठमाडौँ पुगेका मेयरमा कोरोना संक्रमण पुष्टि
  • वीरगञ्ज ३०, साउन । हेलिकप्टर चार्टर गरेर उपचारको लागि काठमाडौँ पुगेका पर्साको पर्सागढी नगरपालिकाका मेयरमा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादवमा कोरोना संक्रमण पुष्टि भएको हो। मेयर यादवले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गराएका छन् । अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत रहेका उनले सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्।उनले आफनो स्वास्थ्य अवस्था अहिले सुदृढ रहेको तथा क्रमिक रुपमा भइरहेको सुधारले सकारात्मक आत्मबल बढेको बताएका छन्। कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि मेयर यादवलाई उपचारको लागि वीरगञ्जको तराई अस्पतालमा भर्ना गरिएको थियो । तर,उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागि गत साउन २६ गते हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *