६ घण्टादेखि लगातार भारी वर्षाः उच्च सतर्कता अपनाउन विभागको आग्रह


  • ६ घण्टादेखि लगातार भारी वर्षाः उच्च सतर्कता अपनाउन विभागको आग्रह
  • बर्दिया ३० साउन । देशका कतिपय स्थानमा पछिल्लो ६ घण्टादेखि लगातार वर्षा भइरहेको र यो क्रम अझै जारी रहेकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका केही क्षेत्रमा पछिल्लो ६ घण्टा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । लगातार वर्षा भइरहेकोले कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधरा र अन्य साना खोलाहरुमा आकश्मिक बाढी आउनसक्ने र होचा ठाउँमा डुबान हुन सक्ने भएकोले विषेश सतर्क रहन विभागले आग्रह गरेको छ । यस्तै देशभर शुक्रबारको मौसममा सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ ,बाग्मती प्रदेश , प्रदेश नम्बर ५ र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *