‘भ्यालेन्टाइन नाइट’ : सांगीतिक प्रस्तुतिका लागि किरण र ममता पुगे कतार


  • 'भ्यालेन्टाइन नाइट' : सांगीतिक प्रस्तुतिका लागि किरण र ममता पुगे कतार

    दर्शन सुनार/कतार : नेपाल आइडलबाट चर्चामा आएका गायक किरण भुजेल र युवा पुस्ताकी चर्चित गायिका ममता गुरुङ कतार आइपुगेका छन् । उनीहरूले मंगलबार र भोली बुधबार सॉझ कतारको दोहाको साना सिग्नल नजिक रहेको ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारले आयोजना गरेको " भ्यालेन्टाइन नाइट" मा प्रस्तुति दिनेछन्।

    कलाकारको स्वागतका लागि क्लब सञ्चालक रमेश केसी, कार्यक्रमका संयोजक रोशन अर्याल लगायतका अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए । आफ्नो साङ्गीतिक प्रस्तुति दिन कतार आइपुगेका कलाकारद्घयले कतारमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी हरूलाई कार्यक्रममा निमन्त्रणा गरेका छन् ।



  • कार्यक्रममा प्रवेश शुल्क पुरुषका लागि कतारी रियाल ५० र महिलाका लागि निःशुल्क रहेको कार्यक्रम संयोजक अर्यालले सौर्यपत्रलाई  जानकारी दिए । कार्यक्रमको ढोका दिउसो दिउँसो ४ बजेबाट खुल्ने र साँझ ८ बजेबाट साङ्गीतिक कार्यक्रम सुचारु हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *