कतारमा मनाईयो ‘१४७ औं लखन थापा मगर स्मृति दिवस २०२४’


  • कतारमा मनाईयो '१४७ औं लखन थापा मगर स्मृति दिवस २०२४'

    दर्शन सुनार/कतार : प्रथम सहिद क्या. लखन थापा मगरको १४७ औं स्मृति दिवस कतारमा मनाइएको छ। गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार, संघ सस्थां समन्वय  विभाग नेपाल आदिवासी जनजाती महासंघ कतार र नेपाल मगर संघ,शाखा कतारद्धारा संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै स्मृति दिवस मनाईएको हो ।

    कार्यक्रम औपचारिक थियो। आसनग्रहण गराइसकेपछि प्रथम सहिद थापाको तस्बिरमा फुल र माला अर्पण गर्दै कतारमा स्थापित विभिन्न सँघ संस्थाको उपस्थितिमा समारोहका सभापति र प्रमुख अतिथिबाट दीप प्रज्वलन सहित ब्यानर उत्घाटन भएको थियो।

    नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको सभापतित्व तथा गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाती महांसंघका सचिब धिरेन तामाङले स्वागत मन्तव्य राखेका थिए ।



  • कार्यक्रमको बारेमा र क्याप्टेन लखन थापा मगरको ईतिहासको बारेमा नेपाल मगर संघ शाखा कतारका द्वितीय उपाध्यक्ष कुमार राहादी मगरले प्रष्ट पारेका थिए । कार्यक्रममा विभिन्न वक्ताहरुले स्मृति दिवसको अवसरमा लखन थापा मगरको ईतिहास र योगदानको बारेमा बोलेका थिए ।

    प्रमुख अतिथि भट्टले आफनो मन्तव्यका क्रममा विभिन्न आन्दोलनमा देशका लागि बलिदान दिएका सबै सहिदहरुलाई स्मरण गर्दै नेपाली राजदूतावासले आयोजना गरेर कतारमा स्थापित संघ-सस्थांलाई राखेर कार्यक्रमको गरेको भए सुनमा सुगन्ध हुने बताएका थिए । दोहामा स्थापित भएका समाजहरुका केही तिता मिठा कुराहरु कार्यक्रममा उठिरहेको र र यी कुराहरुलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्न जरुरी रहेको बताए ।

    त्यस्तै, सभापती मगरले प्रथम सहिद लखन थापा मगरप्रती हार्दिक श्रद्धासुमन व्यक्त गर्दै देशका लागि बलिदान दिएका सहिदहरुको सम्झनामा श्रद्धान्जली दिन कार्यक्रमको सभाहलमा जनजाती महासंघमा आवद्ध रहेका सस्थांहरुको उपस्तिथि नरहेकोमा दु:ख व्यक्त गरे । कार्यक्रमलाई सफल बनाउन र हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गरे। कार्यक्रमको सहजीकरण नेपाल मगर संघ शाखा कतारका महासचिव समीर थापा मगरले गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *