धनकुटा समाज कतारले गर्‍यो भेटघाट तथा आन्तरिक वनभोज कार्यक्रम


  • धनकुटा समाज कतारले गर्‍यो भेटघाट तथा आन्तरिक वनभोज कार्यक्रम

    दर्शन सुनार/कतार : धनकुटा समाज कतारले भेटघाट तथा आन्तरिक वनभोज कार्यक्रम सम्पन्न गरेको छ। 'धनकुटा सेवा समाजको चाहाना,शुद्ध सामाजिक भावना' भन्ने मुल नाराका साथ शुक्रबार कतारमा 'धनकुटेली भेटघाट तथा आन्तरिक बनभोज कार्यक्रम २०२४' भव्य रुपमा सम्पन्न गरेको हो।

    वनभोज कार्यक्रम भएपनि औपचारिक रुपमा कार्यक्रम गरिएको थियो। कार्यक्रमको व्यानर अनावरणसँगै दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र वीर शहिदहरुको सम्झनामा मौन धारण समेत गरिएको थियो। त्यस्तै कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष रबिन थापा मगरले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

    समाजका अध्यक्ष डिल्ली कुमार सुवेदीको सभापतित्व तथा समाजका निबर्तमान अध्यक्ष  पदम कुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कतारमा रहेका धनकुटेली तथा गैर धनकुटेलीहरुको उपस्थिति सहित  मन्तव्य रहेको थियो । कार्यक्रममा वक्ताहरुले धनकुटा सेवा समाजले स्थापना काल देखी नै गृह जिल्ला तथा कतारमा विभिन्न सामाजिक  कार्यहरु गर्दै आईरहेको बताउँदै खुलेर प्रशंसा गरेका थिए ।



  • प्रमुख अतिथी घिमिरेले प्रवासमा रहेको समाज
    सुख दुखको चौतारी रहेको बताउदै प्रवासमा रहेर एक अर्काको सहयात्री बन्न समेत सवैलाई  आग्रह गरे । उनले हामी प्रवासमा रहदा एक अर्का सगं चिरपरिचित हुन सकिएन भने प्रवास बसाईमा दुख र कठिनाई हुने भएकोले दुख पर्दा एकले अर्कोलाई सहयोग गरेर अगाडी बढन जरुरी रहेको बताए ।

    सभापती सुवेदीले कतारमा रहेका धनकुटेलीहरुलाई एकै ठाउमा भेला गरेर पारिवारिक माहोलको सिर्जना गरौ दुख सुख साटौ भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको बताउदै प्रवासमा रहेका धनकुटेलीहरुलाई समाजमा आवद्ध हुन सबैलाई आग्रह गर्दै  उनले समाज सगं जोडिन सके एक आपसमा भाईचारा र सद्भाव बढने बताए। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पुर्णलाई हार्दिक आभार प्रकट गर्दै  कार्यक्रमको समापन गरेका गरे ।कार्यक्रमको सहजीकरण समाजका सचिब योगेन्द्र बराल र कार्यक्रम संयोजक तिल बिक्रम मगरले मिलेर सहजीकरण गरेका थिए ।

    धनकुटा सेवा समाज कतारमा स्थापित एक सामाजिक संस्था हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *