प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु


  • प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु

    हेटौंडा : आजदेखि हेटौंडामा प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला २०८० सुरु भएको छ। चलचित्र पत्रकार संघ नेपालको आयोजनामा हिजो फागुन ५ गतेदेखि आगामी फागुन ८ गतेसम्म चल्ने राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाको आज आइतबार औपचारिक उद्घाटन गरिएको हो।

    हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी लगायतका व्यक्तिहरुद्वारा हेटौंडाको पल्पसा प्याराडाइज होममा दियो बालेर राष्ट्रिय भेलाको औपचारिक उद्घाटन गरिएको हो।



  • उद्घाटन समारोहमा चलचित्रकर्मी, केन्द्र तथा विभिन्न शाखाका पदाधिकारी गरि करिब १ सय ५० बढीको उपस्तिथि रहेको छ। भेलामा ११ सेसनमा सिनेमा र पर्यटनका संवादबारे छलफल गरिनेछ।

    उद्घाटनको दिन आज बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदा माथि छलफल हुनेछ । प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा विट पत्रकारिता र हेटौंडाका पत्रकारका लागि पत्रकार आचर संहितामाथी छलफल गर्नेछ । बिज्ञापन बोर्डले अनलाईन व्यवस्थापक सम्बन्धी कार्यशाला आयोजना गर्नेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *