‘ल्होसार कन्सर्ट’मा पुगेका कलाकार कतारमा सम्मानित !


  • 'ल्होसार कन्सर्ट'मा पुगेका कलाकार कतारमा सम्मानित !

    दर्शन सुनार/कतार: लोकप्रिय गायक राजेश पायल राईसहित केही कलाकारहरु कतातमा सम्मानित भएका छन्।

    नेपाल तामाङ घेदुङ् प्रवास कार्य समितिले  आयोजना गरेको ल्होसार कन्सर्टमा आफ्नो सांगितिक प्रस्तुति दिन कतार आएका चर्चित गायक राजेश पायल राई,तामाङ् सेलो गायिका रेश्मा बम्जन तामाङ ,गायक उमगं लामा,र  म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा तामाङ् शनिवार ग्रान्डमल मा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमका बिच सम्मानित भएका हुन ।

    नेपाल तामाङ् घेदुङ प्रवास कार्यसमितिका अध्यक्ष विकास लामाको सभापतित्व तथा नेपालबाट आमन्त्रित कलाकार राजेश पायल राईको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । सम्मान कार्यक्रममा कलाकार लाई खादा  ओढाएर मायाको चिनो सहित सम्मान गरिएको  थियो ।

    गायक उमङ्ग तामाङ्ले मन्तव्य बोल्दै कार्यक्रमको आयोजनामा निमन्त्रणा गरेर कतार सम्म ल्याउन सहयोग गर्नुहुने कार्यसमिति धन्यवाद प्रकट गरे । म्हेन्दोमाया गायिका वाईवा ले आफनो कर्मथलो कतारलाई बनाएर गित संगितलाई माया गरेर कार्यक्रममा स्थान दिनुभएको भन्दै धन्यवाद ब्यक्त गर्दै कतारले दिएको माया सम्मान सद्भाव सदैब मनमा राखिरहने बाचा गर्दै सम्पुर्णलाई धन्यवाद व्यक्त गरिन ।

    आफु गत बर्ष नै आउने चाहाना रहेको तर कारणवंश आउन न सकिएको र अहिले ल्होसारमा कतार आउन पाउँदा खुसी लागेको बताउँदै स्वदेशमा मात्र न भएर बिदेशमा पनि हाम्रो धर्म संस्कृतिलाई बचाई राखेकोमा  धन्यवाद ज्ञापन गरिन सेलो गायिका रेश्मा बम्जनले ।

    प्रमुख अतिथि राईले विगतलाई सम्झिदै आफू खोटाङ जिल्लामा जन्मेको मान्छे काठमाडौ आउनु गित सगितंमा छिर्न पाउनु फलामको गेट जस्तै कठिनाई रहेको उनले बताए दर्शकहरुको आशीर्वाद नै आफनो सम्पती रहेको र दर्शकको मायाले आफू नेपाली गित संगितमा बिगत ३५ साल देखि उभिएको उनले भने ।दर्शकको आशीर्वाद आफू मरेर जादा नि कसैले खोस्न न सक्ने उनको भनाई रहेको थियो ।



  • आफू राम्रो भए समाज राम्रो बन्न सक्ने र सकारात्मक सोच राख्न सके जिवनमा धेरै  सफलता हासिल गर्न सक्ने बताउँदै आत्मविश्वासमा भरोसा राख्न सबैलाई आग्रह समेत गरे । उनले हाम्रो धर्म हाम्रो संस्कृति पुर्खाहरुले आर्जेको आर्जन पुर्खाहरुले चलाएको रितीरिवाज, कहिले पनि भुल्न न सकिने र हाम्रो आस्थां पहिचान बनाउन र धर्म संस्कृति जोगाउने घेदुङ कार्यसमिति परिवारलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गरे ।

    सभापती लामाले सगिंतको दुनियाको बादशाह "राई इज किङ" लगायत अन्य कलाकारहरुले आफुले गरेको ल्होछार निम्तोलाई सहर्ष स्विकार गरेर कतार सम्म आएर कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गरिदिएकोमा हार्दिक आभार प्रकट गरे ।

    ल्होछार कन्सर्ट २०२४ लाई भब्य बनाउन कतारमा स्थापित विभिन्न संघ-संस्था समाजसेवी,बुद्धिजीवी,पत्रकार लगायत कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै लामाले कार्यक्रमको आयोजनामा आफुलाई दिएको साथ,सहयोग हौसला सपोर्टलाई कहिले न भुल्ने बताउदै कार्यक्रमको समापन गरे।

    कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिका उपाध्यक्ष हिरे तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण समितीका उपमहासचिव कमला तामाङ्ले गरेकी थिईन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *