वीरगञ्जमा तनाव वढेसंगै अनिश्चितकालीन कर्फ्यू


  • वीरगञ्जमा तनाव वढेसंगै अनिश्चितकालीन कर्फ्यू
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ ।

    पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो ।

    रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो ।



  • वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    उनका अनुसार पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र)मा लागू हुने गरी कर्फ्यु जारी गरिएको हो ।

    ‘मिति २०८० फागुन ०३ गते बिहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्ष बीच विवाद र झडप भएको विषयलाई लिएर आज मिति २०८०।११।०७ गते वीरगन्जमा भएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जाने स्थिति देखिएकोले वीरगन्ज महानगरपालिका क्षेत्रको तपसिल बमोजिमको सीमा क्षेत्र भित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ –याली गर्न एवं अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०७ गते बेलुका ०५ः०० बजे देखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क. बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ । उक्त आदेशको बर्खिलाफ भएमा कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको आदेशमा भनिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *