गायक उमंग लामासँग संखुवासभा समाज कतारको स्नेह मिलन


  • गायक उमंग लामासँग संखुवासभा समाज कतारको स्नेह मिलन

    दर्शन सुनार/कतार : संखुवासभा समाज कतारले गायक तथा संगीतकार उमङ्ग लामासँग भेटघाट तथा स्नेह मिलन गरेको छ । कतारको प्लाजा मलमा अवस्थित लालिगुँरास रेष्टुरेन्टमा एक कार्यक्रमबीच भेट्घाट तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

    समाजका कार्यवाहक अध्यक्ष बिरेन मादेन लिम्बुको सभापतित्व तथा गायक तथा संगीतकार उमङ्ग लामाको प्रमुख आतिथ्यतामा सागिंतिक प्रस्तुति दिन कतार आएको अवसर पारेर समाजले लामालाई खादा ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो ।

    सभापति लामाले नेपालबाट कतार आएर आफ्नो प्रस्तुति दिन पाउदा उहाँ आफूलाई निकै  गौरवशाली भएको अनुभुती बताए । कतारसम्म आउने अवसर र मिलाई दिएकोमा र तामाङ घेदुङ प्रवास कार्यसमितिलाई आभार प्रकत गर्दै संखुवासभा समाजले दिएको यो माया र सम्मानले  जिम्मेवारी थप्ने र थप  गित सगिंतमा मिहेनत गर्न ऊर्जा दिने बताए ।



  • समाजका सचिव भिम थापाले स्वागत मन्त्ब्य राखेको कार्यक्रमको सहजीकरण समाजका महासचिव पदम प्रसाद सिम्खडाले गरेका थिए ।

    सभापति मादेनले संखुवासभाको माटोले जन्माएको कलाकार लामालाई कर्म भुमिमा सम्मान गर्न पाउँदा खुसी लागेको बताए । साथै आगामी दिनमा  लामालाई सांगीतिक यात्रा र  सफलताको शुभकामना समेत दिए । गृह जिल्लाका कलाकार सगं भेटघाट तथा सम्मान गर्ने अवसर प्रदान गरेकोमा नेपाल तामाङ घेदुङ कतार प्रति हार्दिक आभार प्रकट गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *