नेपालगंजमा मेनुका पौडेलको लाइभ कन्सर्ट हुने


  • नेपालगंजमा मेनुका पौडेलको लाइभ कन्सर्ट हुने

    नेपालगंज: आगामी फागुन २७ गते ईन्डियन आइडलबाट चर्चाको शिखरमा पुगेकी गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट नेपालगंजमा हुने भएको छ।‘लेट्स सिङ विथ मेनुका ´(मेनुका सँगै गाऔं !) नाम दिइएको कार्यक्रम
    अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ गते देखि नेपालगंज रंगशालामा हुने भएको छ ।

    दृष्टिविहिन भएर पनि पौडेलको चर्चा त्यतिवेला चुलियो, जव उनले इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादु छरिन् । इन्डियल आइडलको प्रस्तुतिले उनलाई विश्वभर चिनायो । इडियन आइडलकै क्रममा उनले भारतीय चलचित्र ‘सलार’ मा गीत रेकर्ड गराएर बलिउड फिल्म इन्डष्ट्रीमा ‘डेब्यु’ समेत गरेकी छन् ।




  • नेपाल कल्चर फेस्टिवलकै अवसर पारेर गर्न लागिएको विशेष कन्सर्टमा गायिका मेनुकाले नेपाली र हिन्दी गीतहरु गाउने भएकी छिन । फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका किशोर किशोरीहरुलाई पनि प्रोत्साहित गरोस् भन्ने हाम्रो उद्देश्य हो’ ।
    बाद्यवादन टिम सहित मेनुकाको ‘ लाइभ ’ प्रस्तुति हुनेछ । कन्सर्टको टिकट स्टल र क्याफेहरुवाट विक्री गरिनेछ भने अनलाइन वाट समेत किन्न सकिनेछ । विद्यार्थीहरुलाई विशेष सहुलियत रहनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *