शंकास्पद विलबिजक भएको लत्ताकपडासहित ट्रक नियन्त्रणमा


  • शंकास्पद विलबिजक भएको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

    काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट सशस्त्र प्रहरीले शंकास्पद विलबिजक भएको रु ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।

    वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो ।



  • लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *