कर्णाली प्रदेशको स्थापना दिवस : भूगोल पाइयो, तर सपना अधुरै


  • कर्णाली प्रदेशको स्थापना दिवस : भूगोल पाइयो, तर सपना अधुरै

    सुर्खेत ४ भदौ । २०७२ साउन २३ गतेदेखि अखण्ड मध्यपश्चिम प्रदेशको माग गर्दै वीरेन्द्रनगरमा सुरु भएको आन्दोलनपछि भदौ ४ गते तत्कालिन राजनीतिक दलले मध्यपश्चिमका जिल्ला समेटेर छुट्टै प्रदेश बनाउने सहमति गरे । पछि सोही सहमतिअनुसार संविधानमा ७ प्रदेश रहने र साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्तीका दुइ जिल्ला समेटेर ६ नम्बर प्रदेशको व्यवस्था भयो । जसलाई प्रदेशसभाको पहिलो अधिवेशनले ‘कर्णाली प्रदेश’ नामकरण गरिसकेको छ । प्रदेश स्थापनाका लागि भएको आन्दोलन सफल भएको दिनको सम्झनामा प्रदेश सरकारले भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा शहीद दिवसको रुपमा मनाउने गरेको छ । बिहीबार कर्णाली प्रदेशमा सार्वजनिक विदा पनि दिइएको छ । अखण्ड मध्यपश्चिमको माग गर्दै भएको उक्त आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए । कोरोना महामारीका कारण शहीद दिवस तथा प्रदेश स्थापना दिवस सामान्य ढंगले मनाइयो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा शहीदको सपना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले भने, ‘कोरोनाको महामारीले गर्दा ऐतिहासिक दिनलाई हर्षोल्लासका साथ मनाउन भने सकिएन ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *