कोरोनाबाट बारा र रुपन्देहीमा दुईजनाको मृत्यु


  • तस्विरः फाइल
  • बारा ०४, भदौ । कोरोना संक्रमणबाट बारा र रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएलगत्तै उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा.उदय नारायण सिंहले जानकारी दिनुभयो । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुने बाराका मात्रै ५ जना पुगेको छ । कुल ३२ जनाको मृत्यु भएकोमा २३ जना पर्साका र २ जना रौतहटका छन् । यस्तै रुपन्देहीको देवदहमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह मेडिकल कलेज भलुहीमा उपचाररत देवदह नगरपालिका ३ स्थित शिशपुरका ७० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो । मृतकमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *