बाँकेमा आज २८ जना डिस्चार्ज, प्रदेश सांसद नमूनाले पनि जितिन् कोरोना


  • बाँकेमा आज २८ जना डिस्चार्ज, प्रदेश सांसद नमूनाले पनि जितिन् कोरोना
  • नेपालगन्ज ०४, भदौ । बाँकेमा विहीबा थप २८ जनाले कोरोना भाइरस संक्रमण जितेर आइसोलेसलबाट डिस्चार्ज भएका छन् । १२ महिलासहित २८ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फाकेलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । विहीबार डिस्चार्ज हुनेमा प्रदेश सांसददेखि कर्मचारीसम्म छन् । प्रदेश पाँचका सांसद कृष्णा केसी नमुना, नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य मञ्जु नेपाली, वडा नं.१३ र १८ का वडा सचिवसहित २८ जना डिस्चार्ज हुन लाग्नुभएको छ । उहाँहरु सबै १४ दिन आइसोलेसनमा बसेर डिस्चार्ज हुन लाग्नु भएको हो । भेरी अस्पतालको आइसोलेसनमा १४ दिन बसेर आज डिस्चार्ज हुन लाग्नु भएकी प्रदेश पाँचका सांसद तथा बाँके क्षेत्र नं. १ क बाट निर्वाचित कृष्णा केसी नमुनाले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति धन्यवाद भन्नुभएको छ । उहाँले आफ्नो उपचारमा खटिने चिकित्सकदेखि स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको हो । उहाँले कोरोनाबाट जोगिन सजगकता र सर्तकता अपनाउन पनि आग्रह गर्नुभएको छ । आज २८ जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या चारसय ९६ पुगेको छ । बाँकेमा कुल संक्रमितको संख्या सात सय ६३ पुगेको छ । अहिलेसम्म चारजनाको मृत्यु भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *