को बन्लान् ‘नेपाल आइडल सिजन ३’को विजेता ? फाइनल भदौ १२ गते हुँदै


  • को बन्लान् 'नेपाल आइडल सिजन ३'को विजेता ? फाइनल भदौ १२ गते हुँदै
  • काठमाडौं : साङ्गीतिक रियालिटी शो 'नेपाल आइडल' को सिजन ३ को फाइनल नजिकै आएको छ । कोरोना महामारीले गर्दा रोकिएको नेपाल आइडलको तेस्रो सिजनको लागी उत्कृष्ट ३ प्रतिस्पर्धी छानिएका छन् । झन्डै ८ महिना अघि सुरु भएको नेपाल आइडल सिजन ३ ले गत चैत्र महिनामा नै आफ्नो नयाँ आइडल पाइसक्नु पर्ने हो तर जारी गरिएको लकडाउन र कोरोना महामारीको कारण कार्यक्रम नै स्थगित भएको थियो । लकडाउन केही खुकुलो भएसँगै पुनः सञ्चालनमा आएको आइडलको फाइनल अब भने नजिकिएको छ । नेपाल आइडल टिमले अर्को साता यसको फाइनल हुने बताएको छ । यो सिजनको टप ३ मा महोत्तरी बर्दिबासका किरण भुजेल,मोरङकी सज्जा चौलागाँई र बर्दियाका प्रवीण भेटवाल रहेका छन् । तीनै जना प्रतिस्पर्धी आफैमा उत्कृष्ट भएकै कारण यो फाइनल निकै रोचक र कठिन हुने देखिन्छ । किरण भुजेलले आइडलमा पहिलो पटक ‘वाइल्ड कार्ड’ बाट प्रवेश गरेर उत्कृष्ट ३ को यात्रा सुनिश्चित गरेका हुन् । सिजन ३’को अर्की दाबेदार सज्जा चौलागाँई बलियो प्रतिस्पर्धी हुन् । यस पटकको आइडलको उपाधि उनले पाउन सक्ने सम्भावना भएको बताइन्छ । साथमा अर्का बलिया प्रतिस्पर्धी प्रवीण भेटवाल शास्त्रीय सङ्गीतमा विशेष दक्खल राख्छन् । क्लासिकल तथा आधुनिक गीत गाउन माहिर प्रवीण पनि आइडल बन्ने दाबेदार प्रतिस्पर्धी हुन् । यी तीन उत्कृष्ट प्रतिस्पर्धी मध्य कसले आइडलको उपाधि हात पार्ने हो त्यो हेर्न भदौ १२ गतेसम्म कुर्नु पर्ने भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *