रुकुम पश्चिममा प्रहरीले गाेली चलायाे, लागु ओैषध व्यापारी घाइते


  • रुकुम पश्चिममा प्रहरीले गाेली चलायाे, लागु ओैषध व्यापारी घाइते
  • रुकुम पश्चिम रुकुम पश्चिममा मंगलबार बेलुका लागुओैषध व्यापारीलाई पक्राउ गर्न खाेज्दा भागेपछि प्रहरीले गाेली चलाएर पक्राउ गरेको छ । प्रहरी निरिक्षक दिनेश गुरुङ नेतृत्वको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वकाे प्रहरी टाेलीले रुकुम पश्चिम प्रहरीको समन्वयमा अबैध लागुओैषध काराेबारीलाई पिछा गर्दै रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिका ४ ठारडुङगा पुगेको थियो । प्रहरी पिछा गरेको थाहा पाइ प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गाेलि चलाएको बताएको छ । घटनामा मुसिकाेट नगरपालिका ११ का बर्ष २५ का निर्मल पुन खुट्टामा गोली लागी  घाइते भएका छन । घाइतेलाई मंगनबार साझं नै उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ । त्यस्तै सोही स्थानबाट ३५ बर्षकी लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ भने प्रकाश पुन फरार रहेको रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले जानकारी दिए । फरार रहेका प्रकाशकाे खाेजि कार्य गरिरहेकाेे प्रहरी जनाएको छ । केही दिन अघी मात्र रुकुम पुर्वमा पक्राउ परेका लागुओैषध व्यापारीहरुकाे बयानकाे आधारमा प्रहरीले उनिहरुको निग्रानी गरीरहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *