महाधिवेशनमा रामचन्द्र पौडेलका १० एजेन्डा 


  • महाधिवेशनमा रामचन्द्र पौडेलका १० एजेन्डा 

    काठमाडौं १३, भदौ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आशन्न १४ औं महाधिवेशनका लागि १० एजेन्डाहरु अघि सारेका छन् । उनले आशन्न महाधिवेशनमा सभापति पदमा आकांक्षा राख्दै शनिबार १० बुँदे एजेन्डाहरु अघि सारेका हुन् । “मैले नारा मात्र नलगाएको हो । भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु । प्रचारको कमी हुन सक्छ,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अघि सारेका एजेन्डा सार्वजनिक गर्दै भनेका छन् ।यस्ता छन् वरिष्ठ नेता पौडेलले अघि सारेका १० एजेण्डाहरु १) नेपालको वर्तमान संविधान लागु गर्ने । २) नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने । ३) नेपालको उन्नतिको बाटो देखाउने । ४) नेपालमा सुशासन लागु गराउने । ५) नेपालको असंलग्नता र तटस्थतालाई बचाउने । ६) नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने । ७) कम्युनिस्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने । ८) नेपाली जनतामा देशभक्तिको भावना जगाउने । ९) नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने । १०) नेपाली कांग्रेस विचार शून्य र दिशाविहीन छैन भन्ने सावित गराउने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *