पर्सामा ६ महिने शिशुमा कोरोना संक्रमण


  • पर्सामा ६ महिने शिशुमा कोरोना संक्रमण
  • वीरगन्ज १४, भदौ । पर्सामा ६ महिने शिशुमा कोरोना भाइरस संक्रमण देखिएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा ६ महिनाका शिशुमा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो । ६ महिनो शिशुसहित ४७ जना संक्रमित थपिएका छन् । संक्रमण देखिनेमा ७९ वर्षका वृद्ध समेत रहेको चौरसियाले बताउनुभयो । संक्रमित हुनेमा पोखरिया नगरपालिकका १२ जना र अरु वीरगञ्ज महानगरपालिका विभिन्न वडाका हुन् । ४४२ जनाको स्वाब परीक्षण गरिएकोमा ७९ जनामा संक्रमण पुष्टि भएकोमा पर्सासहित अन्य जिल्लाका पनि सन्क्रमितहरु रहेका छन् । नारायणी अस्पतालमै गरिएको परीक्षणमा बारा जिल्लाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य सन्क्रमितहरु भने कलैया उप महानगरपालिकाका विभिन्न स्थानका रहेका छन् । यस्तै नारायणी अस्पतालमै गरिएको परीक्षणमा मोरङ र काठमाडौँका एक एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *