काठमाडौं : लामो समयदेखी रोकिएको डिआइजीहरुको सरुवा तयारी गरिएको छ । सरुवामा सहमति नहुँदा सातै प्रदेश नेतृत्वविहिन भएको झण्डै ४५ दिनपछी आज गृह मन्त्रालयले सरुवा तयारी गरेको छ ।
सात प्रदेशका लागि १० डीआईजीबीच तिव्र प्रतिस्पर्धा छ । सबै डीआईजी प्रदेश नै जान शक्तिकेन्द्रमार्फत दबाब दिइरहेका छन् । कोशी, मधेस र लुम्बिनीका लागि तिव्र प्रतिस्पर्धा छ । यी प्रदेशको सरुवाका लागि आर्थिक चलखेल समेत भएकाले नै सरुवामा ढिलाई भइरहेको स्रोत बताउँछ । प्रदेशका दाबेदार डीआईजीहरुमा सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, डम्बर बिक, हिमालय श्रेष्ठ, दिनेश आचार्य, ईश्वर कार्की, अरुण पौडेल, राजेन्द्र भट्ट र गोविन्द थपलिया छन्।
मधेसमा दिनेश आचार्य र उमाप्रसाद चर्तुर्वेदी, लुम्बिनीमा राजेन्द्र भट्ट वा सुशीलसिंह राठौर, कोशीमा ईश्वर कार्की, सुदुर पश्चिममा डम्बर वि.क.को वलियो सम्भावना रहेको वुझिएको छ ।

सिनियर डिआइजी रहेका शिद्धिबिक्रम शाह भने सरुवामा भन्दा जेठमा रिक्त हुने एक एआइजी बढुवामा केन्द्रीत छन् । अहिले बढुवा हुन सके आइजिपीको दाबेदारी कायम रहने उनको बुझाई छ।
लामो समयदेखी रिक्त १० डिआइजी बढुवा भने अझै केही दिन लम्बिने देखिएको छ। जेठ पहिलो साता १ एआइजी खाली भएपछी क्रमश वढुवा गरिदै आउने वुझिएको छ । जसमा सिनियर टोली, गुप्तचर र ११२ को टोलीबीच कडा प्रतिस्पर्धा छ।
यसरी लामो समयदेखी कुनै पनी कार्यालयहरु नेतृत्वविहीन भयो भने राज्य र जनताले अपेक्षाअनुरुप सेवा नपाउने उच्च अधिकाकीहरु वताउछन ।