दिपेन्द्रको ‘चिसो मान्छे’ मा अर्पण र स्वस्तिमाको जोडी


  • दिपेन्द्रको ‘चिसो मान्छे’ मा अर्पण र स्वस्तिमाको जोडी
  • काठमाण्डाैं । युवा निर्देशकको रुपमा चिनिएका निर्देशक दीपेन्द्र के. खनाल  लकडाउनकै विचमा फिल्म ‘चिसो मान्छे’ को स्क्रिप्टमा काम गरिरहेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आमा’ ले व्यवसायिक रुपमा सफलता प्राप्त गरेपछि उनले यो फिल्ममा पनि समाजभित्रको कथालाई टिप्दैछन् । कोरोनाको महामारी अन्त्य भएपश्चात छायांकन सुरु गरिने फिल्म आगामी वर्षको भदौ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको लिड रोलमा स्वस्तिमा खड्कालाई अफर गरिएको छ । उनलाई स्क्रिप्ट र आफ्नो भूमिका मन परेका कारण फिल्म गर्न सकारात्मक भएतापनी निर्माण टिमसँग भने कागजी सम्झौता भएको छैन । त्यस्तै, फिल्म ‘चिसो मान्छे’ मा स्वस्तिमाको अपोजिटमा अभिनेता तथा निर्देशक अर्पण थापा फाइनल भएको जानकारी निर्माण पक्षले वताएको छ । फिल्मको सुदूरपश्चिमका विभिन्न भेगमा छायांकन हुनेछ । फिल्ममा सुदूरपश्चिम भेगको परिवेश र लबज प्रयोग गरिँदैछ । फिल्मलाई निर्देशक खनाल आफैंले खिच्दैछन् । ‘धनपती’ र ‘आमा’ पनि उनी स्वयंले खिचेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *