ढोरपाटन बाढी अपडेट : मृतकको संख्या ७ पुग्यो, १३ जना बेपत्ता


  • ढोरपाटन बाढी अपडेट : मृतकको संख्या ७ पुग्यो, १३ जना बेपत्ता
  • काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा गएराति गएको पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पहिरोमा १३ जना बेपत्ता भएको खुलेको छ । मृतकमध्ये एकजनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका ९ की ३५ वर्षीया कौशला पुन, उनकै ६ वर्षीय छोरा हिक्मत पुन, सोही वडाका ३५ वर्षीय जितबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक छन् । यस्तै ३२ वर्षीया कर्मती घर्तीमगर, ३५ वर्षीया रिना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उनकै ६ वर्षीया छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीय टुलमती पुन र गलकोट नगरपालिका घर भई ढोटपाटन क्षेत्र घुम्‍न गएका २४ वर्षीय नवीन भण्डारी छन् । भण्डारीसँगै गएका अन्य दुईजनाको मोटरसाइकलसमेत भुजीखोलाले बगाएको छ । पहिरोमा परि चारजना घाइतेसमेत भएका छन् । हाल उद्धारमा सुरक्षाकर्मी सक्रिय रहेको प्रहरीले जनाएको छ । बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *