प्रदेश-१ प्रहरी प्रमुख (डिआइजी) कार्कीलाई कोरोना संक्रमण पुष्ट


  • प्रदेश-१ प्रहरी प्रमुख (डिआइजी) कार्कीलाई कोरोना संक्रमण पुष्ट
  • विराटनगर २३, भदौ । प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्कीलाई कोरोना संक्रमण भएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका ५२ वर्षीय कार्कीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टिका विषयमा डिआइजी कार्कीले चिन्ता नगर्न आग्रह गरेका छन्। मंगलबार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा कार्कीको नाम पनि पोजेटिभको सूचीमा छ। ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि दिएका मन्त्रालय स्रोतले जनाएको छ। प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट मंगलबार पोजेटिभ आएको मन्त्रालय स्रोतले बतायो। संक्रमण पुष्टि भएपछि कार्की प्रदेश प्रहरी कार्यालयको क्वार्टरमै आइसोलेसनमा बसेको बताइएको छ। यस विषयमा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले प्रहरी प्रमुख कार्कीको रिपोर्ट पोजेटिभ आएको विषयमा जानकारी नभएको बताए । प्रदेश १ मा हालसम्म ३ सय ५५ जना नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये २ सय २० जना कोरोना जित्दै डिस्चार्ज भइसकेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *