अभिनेत्री सारा खानलाई देखियो कोरोना संक्रमण


  • अभिनेत्री सारा खानलाई देखियो कोरोना संक्रमण
  • काठमाडौं । भारतका कलाकारहरुमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण देखिएको छ । यस्तै टेलिभिजन अभिनेत्री सारा खानलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
    आफुलाई कोरोना संक्रमण भएको र होम क्वारेन्टिनमा रहेको बारे साराले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । टेलिसिरियलमा काम गर्दै आएकी साराले आफुलाई कोरोना पोजेटिभ देखिएको बताउदै घरेलु उपचार विधि अपनाइरहेको बताएकी छिन् । उनले स्टाटसमा कोरोनाको उपचारमा तातो पानीको बाफ राम्रो हुने बताएकी छिन् । उनले रोग प्रतिरोधात्मक क्षमता बलियो राख्न सकेमा कोरोनालाई जित्न सकिने बताएकी छिन् । उनी पछिल्लो समय टेलिश्रृङ्खला 'सन्तोषी माँ' को सुटिङमा व्यस्त थिइन् । sara.PNG

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *