विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं – विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-१९ मिलन चोककी ४४ वर्षीया महिला रहेकी छिन् ।

उनको बिहिबार विराटनगरको कोशी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि कोशी अस्पताल भर्ना भएकी महिलाको अवस्था गम्भिर भएपछि  कोभिड-१९ उपचार केन्द्रमा लगिएको थियो ।

उनको  कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा बिहिबार मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *