समाचार विषयलाई लिएर सञ्चार गृहमै पत्रकारमाथि कुटपिट


  • समाचार विषयलाई लिएर सञ्चार गृहमै पत्रकारमाथि कुटपिट
  • कैलाली  । कैलालीको दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि समाचार प्रकाशन गरेको विषयलाई लिएर कुटपिट भएको छ ।
    धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा प्रवेश गरेका १५/२० जनाको समूहले त्यहाँ कार्यरत पत्रकार र कर्मचारीमाथि कुटपिट पनि गरेका हुन्। पत्रकार तथा कर्मचारीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । प्रकाशित समाचारप्रति चित्त नबुझेको खण्डमा कानुनी उपचार नखोजी सञ्चार गृहमा प्रवेश गरेर पत्रकार र कर्मचारीमाथि भएको आक्रमणको चौतर्फी विरोध भइरहेको छ भने कारबाही गर्न पनि माग गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *