सरकारले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने


  • सरकारले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने

    काठमाडौं ।  सरकारले विद्याललय र विद्यार्थीलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउने भएको छ ।
    अनलाइन कक्षालाई निःशुल्क लिन पाउने गरी मान्यता दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय र विद्यार्थीलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउन तयारी गरेको हो । वैकल्पिक विधिबाट पठनपाठनमा सहयोग गर्ने हेतुले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी विद्यालय वा विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागेको मन्त्रालयले जनाएको छ । यसबारेमा मन्त्रालयले छलफल सुरु गरेको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै शैक्षिक संस्थाहरु गत चैतदेखि बन्द अवस्थामा छन् । विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आएका भएपनि बहुसंख्यक विद्यार्थी अनलाइन कक्षाको पहुँचमा छैनन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *