प्रविधि

टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाण्डौं : सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन्। ‘सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो’, उनले भनिन्। ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले

चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध

बेइजिङ । चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सरकारी कर्मचारीलाई यसप्रकारको फोनहरु कार्यालयमा ल्याउन निषेध गरिएको छ । पछिल्ला हप्ताहरूमा विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारीहरूले आफ्ना कनिष्ठ कर्मचारीहरूलाई च्याट समूह र बैठकहरूमा सरकारको यो आदेशको बारेमा जानकारी गराउँदै आएका छन्। वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउनमा जोड दिँदै

कर्मचारी हटाएको चार महिना नपुग्दै फेसबुकले १० हजार कर्मचारी कटौती गर्दै

काठमाडौं । फेसबुकको अभिभावक कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । बीबीसीका अनुसार ११ हजार कर्मचारी हटाएको चार महिना नपुग्दै मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो । मेटाका संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले भारी संख्यामा कर्मचारी कटौती गर्नुपरेको बताएका छन । अमेरिकामा बढेको ब्याजदर, अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको उनको भनाइ छ ।

उत्तर कोरियाद्धारा ब्यालिस्टिक मिसाइल प्रहार

एजेन्सी । उत्तर कोरियाले समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि शनिबार पहिलो पटक उक्त मिसाइल प्रहार गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेका बेला यो प्रक्षेपण भएको हो । अमेरिका र दक्षिण कोरियाको संयुक्त सेना अभ्यासबाट क्रुद्ध उत्तर कोरियाले त्यसलाई

एलन मस्कले हटाए ट्वीटरका ५० प्रतिशत कर्मचारी

न्युयोर्क । विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्विटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो । मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए । यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका

तपाइले चलाइरहेको सिमकार्ड कसको नाममा छ ? यसरी हेर्नुहोस

काठमाण्डौं । मोबाइलमा प्रयोग हुने सिमकार्ड तपाईंको नाममा छ ? छैन् भने टेलिकमको कार्यालयमा गएर सिमलाई आफ्नो नाममा ल्याउनुहोस् । सरकारले ल्याएको नागरिक एप चलाउन होस् वा हराउँदा सहजै सोही नम्बर निकाल्नका लागि पनि सिमकार्ड तपाईंको नाममा हुन निकै जरूरी हुन्छ । यदि तपाईंले अन्य कुनै व्यक्तिको नाममा भएको सिम प्रयोग गरिरहँदा समस्यामा पर्न सक्नु हुन्छ । कतिपयलाई आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा छ भन्‍ने पनि जानकारी नहुन सक्छ

नेपाल प्रहरीको सक्रियतामा ९ हजार थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९ सय ९ थान अक्सिजन सिलिन्डर संकलन गरेको हो । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि

जनताको घरदैलोमा गुणस्तरयुक्त खाध्य समाग्री पुर्याउन राज्यमन्त्री विकको निर्देशन

काठमाडौं ।   उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक लगायतको टोलीले काठमाडौंस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र रामशाह पथ तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय अनुगमन गरेको छ ।   व्यापार कम्पनी लिमिटेडको कार्यालयले काठमाडौं र पोखरामा अनलाइनबाटै समान डेलिभरी गर्ने गर्छ । यो संस्थाले खाद्यान्न् सामाग्री विक्री वितरण गर्दै आएको छ । त्यसक्रममा राज्यमन्त्री विकले समाजको पहुँच विहिन सँग जोडिएर काम गर्ने कार्यालय भएकाले

तोकिएको समयमा मल नल्याउदा दुई नेपाली कृषि कम्पनी कारवाहीमा

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ । रासायनिक मल खरिदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारवाही गरिएको हो । कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार सम्झौता अवधि सकिँदासम्म मल

टिकटकमा फलोअर्स बढाउन यी महिलाले पतिको मृत्युबारे फेक भिडिओ बनाएपछि...

काठमाडौँ। विश्वभर टिकटक एपको लोकप्रियता बढ्दो छ। टिकटकमा मानिसहरु आफ्नो फलोअर्स बढाउन अनेकौं तिकडमहरु आपनाउने गरेका छन्। यसैबीच एक महिला टिकटकमा फलोअर्स बढाउन पतिको मृत्युबारे फेक भिडियो बनाएर पोष्ट गरेकी छिन्। पाकिस्तानकी एक महिलाले आफ्नो पतिको निधनबारे झुठो खबर फैलाइन् । उनको पति पनि एक टिकटक स्टार हुन्। खबर झुठो ठहरिएपछि मानिसहरूले उक्त महिलाविरुद्ध कारबाही गर्न माग गरेका छन्। उनको पतिको नाम आदिल राजपुत हो र उनको टिकटकमा २६ लाख