प्रविधि

यूट्यूबले भारतमा टिकटकजस्तै नयाँ एप ल्याउँदै

बीबीसी। यूट्यूबले टिकटकको नयाँ प्रतिस्पर्धीको रूपमा भारतमा आफ्नो नयाँ एपको बीटा संस्करण परीक्षण गर्ने घोषणा गरेको छ। यूट्यूब सर्ट्स नामक उक्त एपमा १५ सेकेन्डको भिडिओ बनाउन मिल्नेछ र तिनको सिर्जना गर्ने शैली र तरिका चिनियाँ स्वामित्वको टिकटकसँग मिल्दोजुल्दो हुनेछ। भारत र चीनबीच सीमामा तनाव चुलिएका बेला दिल्लीले टिकटकसहित सबै चिनियाँ एपलाई जुन प्रतिबन्ध लगाएको थियो। प्रतिस्पर्धा त्यस बेलासम्म भारतमा टिकटकका सर्वाधिक १२ करोड प्रयोगकर्ता थिए। यूट्यूबले भारतमा अब टिकटकको अभाव

काठमाडौंको सडकमा गुड्यो नेपाली सेनाको एभ्रो विमान (तस्बिरसहित)

काठमाडौं – त्रिभुवन विमानस्थलमा थन्किएको पुरानो नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटी संग्रहालयमा लगिएको छ । शनिवार साँझ नेपाली सेनाको पुरानो जहाजलाई सडकबाटै गाडिले तानेर गुडाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटी दरवार संग्रहालयमा लगिएको छ । तस्बिरमा सडकमा गुडिरहेको विमान देखिएको छ ।  विमानस्थलबाट नारायणहिटीसम्म लैजान विमानको पखेटा निकालिएको तसिबरमा देखिएको छ । यस एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखिने जनाइएको छ । तस्बिर – नमस्ते भक्तपुर

भोलिको बैठकमा कुलमान घिसिङ पुनः नियुक्ति हुँदै

काठमाडौं । आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: नियुक्ति गर्ने तयारी भएको छ। घिसिङको कार्यकाल भदौ २९ गते सकिदैछ  । ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति गर्ने बताइएको छ । ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री पुनले लैजाने बताइएको छ । सुरुवाती दिनमा प्रधानमन्त्री ओली घिसिङप्रति खासै सकारात्मक थिएनन् तर  सामाजिक

सरकारले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने

काठमाडौं ।  सरकारले विद्याललय र विद्यार्थीलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउने भएको छ । अनलाइन कक्षालाई निःशुल्क लिन पाउने गरी मान्यता दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय र विद्यार्थीलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउन तयारी गरेको हो । वैकल्पिक विधिबाट पठनपाठनमा सहयोग गर्ने हेतुले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी विद्यालय वा विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागेको मन्त्रालयले जनाएको छ ।

ZTE ले ल्यायो पट्याउन मिल्ने स्क्रिन भएको विश्वकै पहिलो स्मार्टफोन

एप्पल र सामसुङलाई माथ दिँदै चिनिया अग्रणी स्मार्टफोन कम्पनी जेड टी इ ले स्मार्टफोन उद्योगमा इतिहास रचेको छ । पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी उसले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन मंगलबार अमेरिकामा सार्वजनिक गरेको हो । मंगलबार सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ

चीनले गुडायो ट्रयाक विनाकै स्मार्ट रेल

भविष्यको रेल प्रणाली निकै अनौठो हुनेवाला छ । ट्रयाक बिना नै रेल चल्नेछ । किनकी चीनले पहिलोपटक ट्रयाक बिनाको रेल गुडाइदिएको छ । चीनले विश्वकै पहिलो स्मार्ट ट्रेन बनाएको छ । यो रेल भर्चुअल रेल लाइनमा गुड्नेछ । उक्त भर्चुअल लाइन चीनको सडकमा बिछाइएको छ । चीनको झुजो प्रान्तको सडकमा यो प्रविधिको रेल पहिलोपटक गुडाइएको हो । यो रेलले एक पटकमा ३ सय यात्री बोक्न सक्दछ । यसको गति प्रतिघण्टा

सिद्धार्थ मल्होत्रा बने ओप्पो मोबाइलको नयाँ ब्राण्ड एम्बेसडर

१५ कात्तिक, काठमाडौं । बिश्वको चौथो ठूलो मोबाइल फोन उत्पादक ओप्पोले भारतीय अभिनेता सिद्धार्थ मल्होत्रालाई आफ्नो नयाँ पुरुष ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सिद्धार्थ मल्होत्रा लोकपि्रय र चर्चाको शिखरमा अघि बढी रहेका ‘मुभी स्टार’ हुन् । ओपोले लामो समयदेखि चिरपरिचित भारतीय अभिनेत्री तथा चलचित्रकी सुपर स्टार दिपिका पादुकोणसँग महिला एम्बेसेडरका रुपमा सहकार्य गरिरहेको छ । हाल ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्सपर्ट एण्ड लिडर ओपो एफफाइभ सार्वजनिक गर्ने तयारी