भोलिको बैठकमा कुलमान घिसिङ पुनः नियुक्ति हुँदै


  • भोलिको बैठकमा कुलमान घिसिङ पुनः नियुक्ति हुँदै

    काठमाडौं । आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: नियुक्ति गर्ने तयारी भएको छ। घिसिङको कार्यकाल भदौ २९ गते सकिदैछ  ।
    ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति गर्ने बताइएको छ । ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री पुनले लैजाने बताइएको छ । सुरुवाती दिनमा प्रधानमन्त्री ओली घिसिङप्रति खासै सकारात्मक थिएनन् तर  सामाजिक संजालमा घिसिङको समर्थन देखेपछि घिसिङलाई पुनः नियुक्ती गर्न राजी भएको बताइएको छ । शुक्रबारको बसेको स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल प्रचण्ड सँगको छलफलपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा घिसिङलाई नै दोहोर्‍याउन प्रधानमन्त्री ओली सकारात्मक भएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले घिसिङलाई केही सर्त राख्दै नियुक्ती दिनेछन् ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *