अक्षय कुमार भन्छन्, ‘दैनिक रूपमा गहुँत पिउँछु


  • अक्षय कुमार भन्छन्, 'दैनिक रूपमा गहुँत पिउँछु

    बलिउड अभिनेता अक्षय कुमार ५३ औँ वर्षमा पुग्दा सम्म पनि युवा अवस्था झैँ फिट र फुर्तिला छन् । उनी आफ्नो दैनिकी नियममा मात्र बसेर बिताउँदैनन् खानपिन देखी सुत्ने उठ्नेसम्म निकै ख्याल राख्छन् । उनले दैनिक व्यायाम तथा खाने बानीमा निकै सजग छन् । आफ्नो स्वास्थ्यलाई लिएर सधैँ गम्भीर अक्षयले आफूले दैनिक रूपमा गहुँत पिउने गरेको बताएका छन् । यस खुलासा उनले 'इन टु द वाइल्ड' कार्यक्रमका प्रस्तोता बेयर ग्रिल्ससँगको एक इन्स्टाग्राम लाइभ सेसनमा गरेका हुन् । अक्षय यस कार्यक्रम को एक एपिसोडमा बेयर ग्रिल्ससँग सहभागी भएका छन् । उनले कार्यक्रममा हात्तीको गोबरबाट बनेको पेय पदार्थ पिएका छन् । र लाइभ सेसनमा यस बारेमा कुरा हुँदा अक्षयले सो खुलासा गरेका हुन् । ग्रिल्सले धेरैजसो मानिसलाई हात्तीको गोबरबाट बनेको पेय पदार्थ पिउन एउटा चुनौती लाग्न सक्छ तर अक्षयका लागि यो सामान्य कुरा थियो । तपाईँले यो कसरी गर्न सक्नुभयो भनेर अक्षयलाई प्रश्न सोधेका थिए । जवाफमा अक्षयले, 'आयुर्वेदिक कारणले म दैनिक गहुँत पिउँछु त्यसैले यो मेरो लागि रतिभर पनि कठिन थिएन ।'भनेका छन् । बेयरले आफ्नो कम्फर्ट जोनबाट बाहिरको काम गर्न अक्षयलाई कत्ती पनि गाह्रो नभएको र कुनै पनि कुराका लागि तयार भएको ब ताएका छन् । अक्षय सहभागी भएको 'इन टु द वाइल्ड' को यस एपिसोड १४ सेप्टेम्बरमा डिस्कभरि च्यानलमा प्रसारित हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *