जनताको घरदैलोमा गुणस्तरयुक्त खाध्य समाग्री पुर्याउन राज्यमन्त्री विकको निर्देशन


  • जनताको घरदैलोमा गुणस्तरयुक्त खाध्य समाग्री पुर्याउन राज्यमन्त्री विकको निर्देशन

    काठमाडौं ।   उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक लगायतको टोलीले काठमाडौंस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र रामशाह पथ तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय अनुगमन गरेको छ ।   व्यापार कम्पनी लिमिटेडको कार्यालयले काठमाडौं र पोखरामा अनलाइनबाटै समान डेलिभरी गर्ने गर्छ । यो संस्थाले खाद्यान्न् सामाग्री विक्री वितरण गर्दै आएको छ । त्यसक्रममा राज्यमन्त्री विकले समाजको पहुँच विहिन सँग जोडिएर काम गर्ने कार्यालय भएकाले बिक्री कक्षमा हुने कर्मचारीले सहज रूपमा सहयोगी भयर सेवाग्राहीसँग व्यवहार गर्न सुझाव दिनुभयो । राज्यमन्त्री विकले विभागको अनुगमनका क्रममा कोही भोकै मर्नु पर्दैन भन्ने सरकारको उदेश्यलाई यो विभागले पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो । बर्दियाको राजापुरमा रहेको राजापुर राइस मिल लाई पूर्ण रूपमा सञ्चालन गर्न सकियो भने चामल अभावलाई टार्न सकिने उहाँको भनाइ छ । कोरोनाको महामारीमा अनलाइनबाट खाद्यान्न घरघरमा पुर्याउनु महत्वपूर्ण कार्य भएको भन्दै उहाँले तत्काल उक्त मेसिनलाई मर्मत गरी सञ्चालन गर्न निर्देशन दिइएको पनि जानकारी दिनुभयो । कोरोनाले प्रविधि चलाउन सिकाएको भन्दै उहाँले त्यही सिकाइलाई अवलम्बन गरी कार्यालयका सम्पूर्ण काम डिजिटल प्रविधि बाट गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिनुभएको छ । उहाँले बजार सम्बन्धी गुनासो सुन्न ११३७ मा आएका फोनको जनतालाई चित्त बुझ्ने गरी जवाफ दिन पनि निर्देशन दिनुभयो । विभाग र जिल्लामा जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृतको नेतृत्व वा पालिकामा उप प्रमुख गर्ने बजार अनुगमनलाई प्रभावकारी गराउन राज्यमन्त्रीको आग्रह थियो । मूल्य वृद्धि लागि नियमन गर्न पनि उहाँले जोड दिनुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *