ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक जना नेपालीको मृत्यु


  • ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक जना नेपालीको मृत्यु
  • काठमाडौं - यूएईमा एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा घैरुङ ५ गोर्खाका सरन कुँवर रहेका छन् । उनको यूएईको आबुधावीमा ग्याँस सिलिण्डर पड्किँदा मृत्यु भएको हो ।
    आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर पड्किँदा  उनप्सहित अन्य ५ जनाको मृत्यु भएको हो । उक्त घटना गएको भदौ १५ गते भएको र उक्त घटनामा एक जना नेपालीसहित पाँच जनाको मृत्यु भएको कम्पनीले जनाएको छ । नेपालीसहित अन्य मृत्यु हुनेमा एक भारतिय, २ जना फिलिपिनो र एक जना श्रिलंका नागरिक रहेको जनाइएको छ । ग्याँस सिलिण्डर पड्किँदा मृत्यु भएका नेपालीको शव ३ दिनपछि  रेस्टुरेन्टको बेसमेन्टमा पुरिएको अवस्थामा फेला परेको जनाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *