कोरोना अपडेट :१२०१ संक्रमित थपिए, ८५२ जना डिस्चार्ज, १४ को मृत्यु


  • कोरोना अपडेट :१२०१ संक्रमित थपिए, ८५२ जना डिस्चार्ज, १४ को मृत्यु

    काठमाडौं २७, भदौ । देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिवार थप १२०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार १७६ नमुना परीक्षण गर्दा १२०१ जना नँया संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५३ हजार १ सय २० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । थप १४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *