मालपोत कार्यालय बाँकेका ८ जना कर्मचारीमा कोरोना पोजेटिभ



  • नेपालगन्ज २७, भदौ । मालपोत कार्यालय बाँकेका ८ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ । शनिवार बाँकेमा ४० जना कोरोना भाइरसका संक्रमित थपिनेक्रममा मालपोत कार्यालयका लेखा अधिकृतसहित ८ जना कर्मचारीमा भाइरस संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जना र बागेश्वरी ल्याव कोहलपुरमा गरिएको परीक्षणमा पाँचजना गरी बाँकेमा शनिवार ४० जना थपिएका हुन् । योसँगै बाँकेमा संक्रमितको संख्या १४ सय नाघेको छ । अव जिल्लामा संक्रमितको संखया १ हजार ४ सय ४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा २ सय नमुना परीक्षण गर्दा ३७ पोजेटिभ केस देखिएको थियो । त्यसमा अरु दुई जना भने ठाकुरबाबा नगरपालिका बर्दियाका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *