कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्‍यो


  • कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्‍यो
  • काठमाडौं २८, भदौ । कोरोना भाइरसको संक्रमणबाट आइतवार थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । ४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ। काठमाडौंमा मात्र ६५ वर्षीया दुई जना महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ। मोरङमा ६९, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *