रेडपाण्डको छाला सहित पाँच जना बाँके प्रहरीको फन्दामा


  • रेडपाण्डको छाला सहित पाँच जना बाँके प्रहरीको फन्दामा
  • नेपालगन्ज २८, भदौ । दुर्लभ रेडपाण्डाको छाला सहित ५ जनालाई बाँके प्रहरीले प्रकाउ गरेको छ । बैजानाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेलियाल रेष्टुरेण्टमा रेडपाण्डा खरिद विक्रि गर्न लागेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नग्रा, दात सहितरेडपाण्डाको छाला फेला पारी बरामद गरि नियन्त्रणमा लिएको हो । प्रकाउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षिय कृष्ण वलि, वडा नम्बर ९ बस्ने २८ वर्षिय इन्द्र बहादुर नेपाली, सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ५ का ३० वर्षिय जय बहादुर कामि, २५ वर्षिय गणेश विक र वडा नम्बर १२ वस्ने ३६ वर्षका देव बहादुर बाँठा रहेको एसपी ओम बहादुर रानाले जानकारी दिए । हाल सम्मको अनुसन्धानका आधारमा इन्द्र बहादुर नेपालीबाट बरामद गरिएको रेडपाण्डाको छाला जाजरकोटकै लोकेश सिंहबाट १० लाखमा खरिद गरेको र इन्द्र बहादुरले उक्त छाला कृष्ण वलिलाई दिएको, कृष्ण वलिले गणेस विकलाई दिएको र गणेस विक लगाएतले सुर्खेत छिन्छुबाट उक्त छाला ४० लाखमा विक्रि गरेर बाँकेमा ल्याएको  एसपि रानाले आज एक पत्रकार सम्मेलन गरि जानकारी दिए । प्रकाउ परेकाहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९क० बमोजिम १० लाख सम्म जरिवाना र ५ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनि व्यवस्था रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *