गण्डकीमा कोरोना संक्रमणबाट थप ३ जनाको ज्यान गयो


  • गण्डकीमा कोरोना संक्रमणबाट थप ३ जनाको ज्यान गयो
  • काठमाडौं - कोरोनाभाइरसको संक्रमणबाट गण्डकी प्रदेशका थप ३ जनाको ज्यान गएको छ । ज्यान जानेमा कास्कीका पुरुष, तनहुँकी महिला र गोरखाका पुरुष रहेका छन् ।
    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको मादी गाउँपालिका–४ घर भएर हाल काठमाडौं बस्दै आएका ५१ वर्षीय पुरुषको भदौ २६ गते कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ २४ गते कोरोना संक्रमणदेखिएपछि अस्पताल भर्ना भएका उनको सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै गोरखाको भीमसेन थापा–३ का ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट भदौ २७ गते मृत्यु भएको छ । भदौ २३ मा कोरोना संक्रमण देखिएका पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै तनहुँको आँवुखैरेनी–४ घर भएकी ७६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ २३ मा कोरोना संक्रमण देखिएकी उनको  कार्डियो भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *