६ महिनादेखि थन्किएका लामो दूरीका बस चल्न थाले


  • ६ महिनादेखि थन्किएका लामो दूरीका बस चल्न थाले
  • काठमाडौँ - बिहीबारदेखि लामो दूरीका बस सञ्चालनमा आएका छन् । छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस बिहिबारदेखी बिहानैदेखी चलेका छन् ।
    कोरोनाभाइरसको संक्रमणको जोखिमबढ्दै गइरहेको बेला लामो दूरीका बस सञ्चालनमा आउदा झन् संक्रमण फैलने होकी भन्ने डर छ । यस्तो अवस्थामा सरकारले सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर चलाउन निर्देशन दिएको छ । यस्तो अवस्थामा चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग गर्न र सवारी साधन हरेक पटक स्यानिटाईज गर्न भनिएको छ । त्यस्तै सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने बतायएको छ । यात्रा गर्दा यात्रुले यात्रा अवधिभर मास्क लगाउनुपर्ने र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड गर्न नहुने बताइएको छ । गत चैत ११ गतेदेखी गरेको लकडाउनदेखी सवारी साधन रोकिएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *