हेर्नुहोस् आज कुन जिल्लामा कति नयाँ कोरोना संक्रमित ? 


  • हेर्नुहोस् आज कुन जिल्लामा कति नयाँ कोरोना संक्रमित ? 
  • काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बिहिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।
    उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा उदयपुरका १, खोटाङका १, झापाका ११, धनकुटाका १, मोरङका ९४ , सुनसरीका ५४, धनुषाका १६, पर्साका १९, बाराका १०, महोत्तरीका ४, रौतहटका ७, सप्तरीका ९, सर्लाहीका ११, सिरहाका १२, काठमाडौंका ५०७, काभ्रेका २, चितवनका १०१,  धादिङका २, नुवाकोटका १, भक्तपुरका ५०, मकवानपुरका ६३, रामेछापका १, ललितपुरका ६१, सिन्धुपाल्चोकका ४,  कास्कीका १६, गोरखाका ३, तनहुँका २, नवलपरासी पूर्वका १५, लमजुङका १, बागलुङका ४, स्याङ्जाका १, कपिलवस्तुका १,  गुल्मीका १, दाङका १, नवलपरासीका १६, पाल्पाका १, प्युठानका २१, बर्दियाका १३, बाँकेका २१, रुपन्देहीका ३, जाजरकोटका १,  दैलेखका १०, सुर्खेतका १, अछामका २२, कन्चनपुरका ८, कैलालीका २१, डोटीका १७, बझाङका १ र बैतडीका १ जना रहेका छन् । जसमा पुरुष ८१८ र महिला ४२८ रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५९ हजार पाँच सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४३ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९  पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ४  जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *